बिकृती तर्फ ढल्कदै गरेको हाम्रो समाज र त्यस्मा युवाको भूमीका I

हाम्रो समाज कता तिर जादैछ । हामी के गर्दैछौ । समाज र राष्ट्रको निम्ति कुनै गहन जिम्बेवारी हामिमा छ कि छैन ? साधारणतया  विवेकशील नेपालिले मनन गर्नु पर्ने कुराहरु हुन् यी । तर हामीमा त्यस प्रकारको सकारात्मक सोच छ जस्तो लाग्दैन ।

समाजका पहरेलेदार ठानिएका तपाइँ हामी किन यसरी एक्लौटी र  स्वार्थी बनिरहेकाछौ त ? हामी जस्ता समाज्का बुज्रुक  ब्याक्तिहरु बाट अब समाजले के पाउने र भावि पुस्ताले कस्तो पाठ सिक्ने ? के हामीमा देश र समाज प्रतिको कुनै् उत्तरदायित्व,जिम्मेवार बोध नभएर नै हो त ? या पद प्रतिष्ठा खोजिरहेकाछौ त्यो भाग नपाएर हो ? हामी विभिन्न झुन्ड, गुट उपगुट्मा मात्र निर्धारित् किन भयौ यसरि । कुनै झुन्ड मोज मस्ती र रमाईलो मात्र हो जिन्दगी ठान्दछन, जता जता मोज मस्ती उता उता मात्र दगुर्छन। कुनै झुन्ड फेसन र अलौकारिक रुपमै संसार जित्ने ताकद छ भन्दछन, र भएको महत्वपूर्ण समय विभिन्न चाल्ढाच् र नक्कल् झक्कल्मै ब्यतित गर्छन । कुनै झुन्ड ईन्टर्नेट साईबर वा अरु कुनै क्राईम गतिबिधिमा अल्झिरहन्छ र अरुलाई पनि अल्झाउछ । 

अलि राम्रा भनिएका र गनिएकाहरु पनि समाज्मा नभएका चाहिँ होईनन् तर तिनिहरु पनि समाज्मा सानो तिनो काम गरेको के छैन सबै भन्दा पहिले त मान साम्मन नै अगाडि चाहिएको छ । कतै मान र सम्मान् बितरण आयोजना हुदैछ भने दाबेदार को रुप्मा दम्दार प्रस्तुत हुन तिनिहरु नै अघि पुग्छन् मानौ यो भुतल्को सर्बश्रेस्ठ प्राणी भनेको उनै मात्र हुन् । भाषण गर्ने क्रम छ या ड्यासमा आशन हुने क्रममा होस्  त्यहाँ मान साम्मान सहित आसिन भै उपर्खुट्टि नलगाए उनिहरुको नजरमा त्याहाको सभा समारोह नै असोभनिय हुन्छ/लाग्छ । मान सम्मान कसैले दियो भने सन्सारै जितेको जस्तो गर्छन र नपाउदा घोर बिरोध गर्न पनि पछि पर्दैनन् । साच्चै भन्ने हो भने समाज्का सबै भन्दा खतरनाक भाईरस भनेका यिनै हुन्  । जो समाज्मा कहलिएका चिनिएका र चुनिएकाछन् । बाँकी त आफ्नो निस्चित दाएरा भित्र सिमित हुन्छन् तिनिहरुले जति नै ठूलो बद्मासी गरे पनि प्राय त्यतिले तिनिलाई चिनेका पनि हुदैनन् र तिनिहरुको कु प्रभाब त्यति छिट्टै समाज्मा फैलिहाल्दैन पनि । तर यी समाज्मा गन्य मान्यका नाम्का समाज्का दुषीत बाताबरण नै हुन् यिनी आफू मात्र दुशीत हुदैनन बान्की पुरै समाज्नै दुषीत बनायर छाड्छन् । 

समाज्का वास्तविक असलिहरु त सधै मौन रहन्छन्। न तिनिहरुलाई प्राय कसैले चिन्छ न कुनै मान सम्मन्मा तिनिहरुको नाम नै अगाडि आउँछ । यो समाज भनेको त ती हुने खाने र बोल्वालाहरुको बिर्ता जस्तो मात्र हो । जसरी चलायो त्यसरि चल्छ । जसरी नचायो त्यसरी नाच्छ । वास्तविक असली ब्यक्ती जो सधै सुन्यतामै बिलाईरहन्छन् । न तिनिहरुको आवाज बाहिर आउँछ न कसैले सुन्छ नै । 

जब उस्को देहावसान हुन्छ यानेकी अन्त्य तब भने ब्रम्हान्ड नै फुटे झै उस्को जयजकार्को भजन एक्साथ गुन्जिन थाल्छ । अप्सोच यो ढोङ हामी कहिले सम्म अङ्गालिरहने ? आज हामी विवेकशील  नेपाली हुनुको अर्थ यस्ता खराब प्रवृतिलाई  निरुत्साहित र असल प्रबृत्तिलाई प्रोत्साहित गर्न नसक्ने हो भने हाम्रो समाज कहिल्यै सुधार तर्फ उन्मुख हुँदै हुदैन । एक्काईसौ शताब्दीको त के पच्चिसौ शताब्दीमा पनि हामी जहिको तहि रहनेछौ । अब हामी विवेकशील नेपालिहरु आफ्नो स्वार्थ भन्दा एक कदम माथी उठेर म को हुँ  र यस समाज र देश प्रती मेरो के दायित्व के रहन्छ भनेर नसोच्ने हो भने आजको हामी युवा, युवा हुनुको लायक हुनेछैनौ।  यो चेतना सबैमा खुल्न जरुरिछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com