कथा - 'योगी ' I

म 'रुन' ! तिम्रो 'ध्यान' गर्छु, तिम्रो आत्मालाई भेटि 'आलिंगन' गर्छु......!

ऊफ्फ़ ...! कति पीडा दायक छन् यी शब्दहरु, तर म निरपराध छु, मैले केहिले प्रेम गरिन 'उ' संग,,,! मैले कसै संग प्रेम गर्नै सकिन उसबेला ...! सायद मेरो अनौठो स्वाभिमानले प्रेम रुपी त्यो अमृत पिउनै सकिन....! विश्वास नलाग्न सक्छ तिमीलाई...! प्रेमको मीठो अर्थ नै थाहा थिएन मलाइ उसबेला...!

मेरो बालपनको पहिलो ब्यक्ति थियौ तिमी .....जसले मलाई मनपराएको थियो, म दंग पर्थे, तिमीलाई देख्ने इच्छा पनि जाग्थ्यो जरुर ..! आफुलाई मन पराउने केटो भनेर उत्सुकताले हेर्थे जरुर ...! त्यो इच्छा नै प्रेमको अंकुरण थियो कि थाहै भएन मलाई ..!

आज किन आभाष हुन्छ मलाई ...! केहि अमुल्य नीधि गुमाएछु भनि.... ! आज जीवनको उत्तरार्धमा आउदा त्यो प्रेमको पराकाष्ठाको अनुभूतिले किन घायल तुल्याउछ मलाई...? कता कता पोल्टा भरिको माया पोखिए झैँ लाग्छ...? केहि माया लुटिएको जस्तो ...! केही हराए जस्तो ..? केही गुमाएको जस्तो ...? केहि पछुतो लागे जस्तो ...! कता कता आँखा भरिका आँशुहरु छचल्किएर आए जस्तो ...!

प्रेम निस्वार्थ हुन्छ भन्थे...! सायद म स्वार्थी थिए ! म राम्रो जीवन जिउन चाहान्थे ...! सबै भन्थे उ एक बिग्रिएको केटो थियो रे ..! उ ट्याब्लेटहरु केहि खान्थ्यो रे ...! तर मलाई औधी मन पराउथ्यो रे...! मैले उसको प्रेमलाई कहिले स्विकारिन ..! सायद मुल्याकन नै गरिन...! मलाई चाहने धेरै केटोहरु मध्य एकको रुपमा मात्र म हेर्थे उसलाई...!

समय आफ्नै गतिमा अगाडी बढ्दै थियो..! मैले एस एल सी पास गरे, कलेजको पढाई नि सकियो! अब बिहे प्रस्ताब दिन दिनै आउन थाल्यो, मलाई कोही मन पर्दैन थियो, म एक विद्वान व्यक्तिको खोजीमा थिए ! आफ्ना दौतारिहरुलाई कहिले मन पराउनै सकिन..! संगै पढ्ने साथीहरु मेरो लागी कोही योग्य थिएनन् ...! मेरो आकाक्षाले आकाश छुन्थ्यो उतिबेला ...!

भाग्यको खेल भने झैँ मैले चाहेको जस्तै योग्य ब्यक्ति संग बिबाह सम्पन्न भयो मेरो ! एक विद्वान अफिसर संग ...! जीवन कट्न थाल्यो खुसीले...!

हठात् ....! नियतिको बज्रपात संगै कालको बबण्डरले मेरो सिउदो पुछियो...! म नितान्त एक्ली भए ...! बाच्नै पर्ने बाध्यतामा जिउदै गए..! निसंकोच म भगबानको शरणमा गए !

त्यही क्रममा ध्यान योगको कुनै प्रबचनमा म र मेरा साथीहरु, अन्तर मनलाई शान्तिका मार्ग तिर ध्यानातित गर्दै थियौ...! एक सन्त झैँ देखिने व्यक्तिले मलाई नियाल्दै गरको झैँ भान भयो मलाई ...! म केही सम्हालिएर बसे, सायद मेरो ध्यान भंग पो भएर हो कि भनि ध्यानमग्न हुने कोसिस गरे..! मेरो मस्तिस्कको तरंग बारम्बार टुट्न थयो ..!

त्यो सन्त जो धेरै उच्च बर्गको झैँ देखिन्थ्यो उसको अनुहार झन् झन् शान्त अनि ध्यान मग्न झैँ लग्न थाल्यो मलाई ...! किन हो उसको अनौठो आकर्षणले खिचेको आभाष हुन थाल्यो मलाई ...! म असहज झैँ हुन थाले ...! केहि चिनेको झैँ, कतै देखेको झैँ लग्न थाल्यो बारम्बार मलाई ..! ध्यान मग्न हुन म सकिन ...! ती योगीलाई नै सम्मोहित झैँ हेर्न थाले ..!

अचानक योगीको आँखाबाट आँशु बहन थयो ...! मानौ मोतिका दाना खसे झैँ ..! तर उ शान्त देखिन्थियो ...! झन् झन् शान्त हुदै गए झैँ लाग्न थाल्यो मलाई ...! म बिचलित झैँ हुदै गए ...! मन्त्रमुग्ध भै हेरी नै रहे ..! हटाथ योगीको ध्यान टुट्यो, म अक्मक्किए कता कता सरमले आँखा झुक्यो मेरो...! सायद...! उ मुस्कुराए झैँ लग्यो मलाई...!

योग सभा समाप्त भयो ! म केहि भारि मनले बाहिरिदै थिए एकपल्ट फर्केर योगीलाई हेर्ने मनलाई रोक्न सकिन ...! सहज ढंगले पुलुक्क हेरे उनलाई ...! योगीजीको चुम्बकीय व्यक्तित्व मानौ मेरै हेराईको प्रतिक्षामा झैँ लग्यो मलाई ...! उहाले पख भने इशारा गर्नु भयो... म रुके...! 'मीरा' ...को सम्बोधनले म अवक भए ! उहा मेरो नजिकै आई सुस्तरी भन्नु भयो...! 'मीरा' के मलाई चिन्नु भएन ..? म उही 'ब्याड ब्वाई हुँ' ....! ३६ बर्ष पहिलेको 'मोहन' ...! म निशब्द भए ...! योगीजी बिस्तारै बोल्नु भयो ...! म हरेक बर्ष नेपाल आउछु 'ध्यान योग' बाट 'ज्ञान बाट्न'...! अनि कसैलाई भेट्ने कामना र योग सिक्न ..! केहि 'पाउन' अनि धेरै 'गुमाउन'..! 'देबी मीरा ' ....!

म अवक थिए....! केहि होसमा आए झैँ गरि प्रश्न गरेछु ...! योगी जी, मेरो नाम कसरी थाहा भो ..!मलाई त यहाँ कसैले चिन्दैनन् ..? अनि योग सिक्न ..? हटाथ मैले प्रश्न गरेछु...! अनि म मीरा हुँ ..! 'देबी मीरा' किन नि ...? हो - ! 'देबी मीरा' मलाई अझै चिन्नु भएन....! म उही 'मोहन' हामी संगै पढ़थ्यौ नि....! आकाश खसे झैँ भयो मलाई...! पृथ्बी भासिए झैँ लग्यो मलाई ...! ऊफ्फ़ 'मोहन' एक योगी ...! त्यो 'ब्याड ब्वाई' ...म अचम्भित थिए ! अनायासै मैले सोधे ...कसरी तिमी योगी भयौ ...?

मैले प्रश्न गरे ...! उनले केहि बोलेनन् ...! उनका आँखाहरु रसाए....! अति नै पुरानो कलम झिकी केहि लेख्न थाले उनि ...! ऊफ्फ़...!

त्यो कलम मेरै नै थियो कहिले ...! उनले खोसेका थिए त्यो कलम मेरो हातबाट...! तिम्रो सम्झना भनि...! ऊफ्फ़...!

म उम्कन खोजे त्यहाबाट ....! उनले एक टुक्रा कागज मेरो हातमा थमाउदै भने ....! म आज फर्कदै छु ..! 'देबी मीरा' ...! मेरो साधना पूर्ण भयो आज ...! म हजारौ टुक्रा भए ...! म हजारौ चोटी मरे ..! म हजारौ पटक बिउतिए ..! मायाको सागरमा,आँशुमा पिएर बचेको थिए ..! तिमी मेरो साधना हौ...! आज म तृप्त भए चाहमा ...!

मैले केहि सोध्न नपाउदै हिडे उनि ....! म टोलाई रहे ...! म हेरी रहे ...! ती सन्त योगी लाई...! हटाथ याद आयो त्यो टुक्रा कागज...! केहि कपेका हातले बिस्तारि पल्टाउन थाले ...! लेखिएको थियो ....!

( म रुन ! तिम्रो ध्यान गर्छु...! तिम्रो आत्मालाई भेटि आलिंगन गर्छु )......!! ... 'देबी मीरा' .......!!! xसमाप्त x

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com