कविता '' माघे सक्रान्ती बिशेष ''
पुषमा पाके माघमा जाके भन्नुहुन्थ्यो बुवाले
तरुल सेल, चाकु चाखे भन्नुहुन्थ्यो आमाले।
देबघाटधाम जानपाइन जान्छु अब समुन्द्र नै
बिदेशिए पनि याद राखे भन्नुहुन्थ्यो मामाले।।
पवित्र जल, सालीग्राम भेटिने यो धाम उस्तै
मधुरमधुर राप भेटिने चितवनको घाम उस्तै।
बेद्व्यास ध्यान बसे, सिता गुफा पनि उस्तै
प्रकृतीछटा मनोहर रह्यो देवघाटको नाम उस्तै।।
सप्तगन्डकी नाम रह्यो, काली मिलिन त्रिवेणीमा
नारायण नाममा शहर रह्यो उही काख नारायणीमा।
जानैपर्ने नुहाउनै पर्ने आजको यो माघे सक्रान्तिमा
चितवन तनहुँ पराषीको, विश्व सम्पदा त्रिवेणीमा।।
श्रीभक्त पौडेल ¨आफन्त¨
रामपुर चितवन
हाल स्पेन