कविता By, श्रीभक्त पौडेल ¨आफन्त¨



कविता '' दुरीले झारेको आँशु ''

मेरा पनि आशु झरे
मन भित्रै भित्र रोयो आज
तिम्रो मायाले नै हो सायद
तिम्रो आफ्नोपनले हो कि
रोए एक्लै धेरै बेर रोए
मोती भन्थ्यौ तिम्ले
आज पोखे गहभरी भरी
छाती छताछुल्ल हुने गरी पोखे,,

तर आज मैले एक चिज पाइन
आशुमा, सधैं झै तिम्रो याद
तिम्रो माया, अनी कोमल स्पर्श
न तिम्रो आफ्नोपन पाए
पाए त केबल, मेरो आफ्नै एकान्की पन
अधुरो अपुरो लाग्ने धर्साहरु...

खै किन हो कुन्नी
आजकल तिम्रो मायाले नै
पोल्न थालेको छ,डस्न थालेको छ
एकान्तमा, आजभोलि
आँफै जलेको भान हुन्छ
अबिश्वास र डगमगिएको सम्बन्धको ज्वालाले  
अधैर्य हुन्छु, निस्सासिन्छु
निर्बिकल्प सम्हालिन्छु केहीबेर
तर तर, श्यामस्वेत दिवा सपनाहरु
जिस्काउन आउछन मलाई
अतित बनेर,भाग्न खोज्छु बर्तमान बाट
उही अतित पछ्छाउदै
तर, कोशीस बेकार..

सोच्छु आँफैलाई सोध्छु आँफैलाई
कती कमजोर भएछु म,
होइन, होइन म कमजोर छैन
छ त केबल दुरी
हामी दुई बिचको भौतिक दुरी
जसले नजानिदो प्यारलाई दुखाएको छ
कहिल्यै न रोएको मनलाई रुवाएको छ,
पापी छ यो दुरी, पापी छ समय
तर पापी छैन माया
हो उही मेरो माया उही मेरो प्रित
मेरो साथी,जीवन, प्राण ....
के के हो के के उपमा छन मेरो
उन्लाई,,

तोड्दै छु त्यो दुरी आज
मोड्दै छु त्यो घुम्ती आज
समय भन्दा बलवान् हुँदै छु म,

अह म रुन्न अब झार्दिन
मेरा आशु,,
तर हिजो म रोए,बेसरी रोए ।।।।
------------
श्रीभक्त पौडेल ¨आफन्त¨
स्पेन

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com