कविता By, कल्पना राई"ख़ुशी"



कविता ~सुन्दरता

मीठा लाग्छन प्रेमिल अनुभूतिहरु
अझै मीठा लाग्छन सम्झनाका लहरहरु
कल्पनामा कुंदेर आफैलाई क्लियो पेट्रा सम्झदा
मोनालिसाका मन्द मुस्कान ओठमा च्यापेर
उमंगका छालहरुले पराकाष्टा नाघ्दछ
मानौ संसारमा एउटा केहि सुन्दर छ भने त्यों "म"हो
अनि आत्मा भित्र हुरी चलाउने
अमूर्त प्रेम ………
जो आफै आँकुरा लागेर
पल्मै फुलेर
पल्मै फल्छ पनि ……
महको चाकामा महुरि घूमे सरी
फूलमा भमरा डुले सरी
एउटा भुसुना बिश्व सुन्दरीको गालामा अत्ति नसुहाउने
आफ्नै गालामा चाट्यांग पर्ने गरि
एक चड्कन लाउन के भ्याएको थिएँ
हत्केला यस्सो हेर्छु
अहो!रगत?
ऐना अगाडि उभिएर सुन्दरता नियाल्न खोज्छु
कही कतै"क्लियो पेट्रा"को मुहार चन्द्रमामा दाग जस्तो त भएन?
तत्काल तन्द्रा तुट्छ
खोई त्यों सुन्दरता?
त्यही काल्पनिक सुन्दरताको पछि लागेर
अकाल्पनिक सपना बुनेको थिएँ खोई?
हुस्सु भएछु
यात यसो भनौ………
हुस्सिएछुl
यथार्थ भुलेर आत्माको ब्रह्मण्डमा पुग्ने म
आज आफुलाइ त्यों भुसुना भन्दा सानो र तुच्छ देख्दैछु
मलाई मेरै सोच प्रति खेद छ
भौतिक सुन्दरताको प्यास कति बिघ्न हुन्छ?
बल्ल थाहा पाएँ
यति जान्दा जाँदै की?
आत्माको सुन्दरता भन्दा सुन्दर
न यो संसारमा थियो
न छ
न हुने नै छ……

कल्पना राई"ख़ुशी"
दोलखा नेपाल
हाल दक्षिण कोरिय

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com