कविता '' नजरका दृश्यहरू ''



कविता '' नजरका दृश्यहरू ''

आज फेरी,
एउटी आमाको
काख रित्तिएको छ...
एक पत्नी को साथ छुट़़्यो
त्यो प्यारो बालक टूहूरो भएको छ
हल्लै हल्लाको
सहरमा पनि
आज एका एक मौनता छायो
यि बस्तिहरूमा बत्ति बलेनन्
आकाश मा चराहरू उडेनन्
नमिठो गन्ध मात्र आईरह़़यो
बारूदै बारूदको
धुवाँ फैलाएर !
यो सहरले
धेरै को काख रित्याएको छ
कयौँ कुमारी को प्रेम बलि चढाएको छ
हाँगै भाँचेर कतिका सपना भुईमा लतारेको छ
कोही सपना बिहीन छन
कोहि ज़िन्दगी बिहीन छन
बग्रेल्ति टुहुरा र टुहुरीहरू
आँखामा मात्र तस्बिर बोकेर हिड्छन
उनिहरूका बाबा युद्द् मा गएका छन
देश बचाउनका लागी
एक हप्तामा फर्किने बाचा
कति ठूलो आत्मा बिस्वास थियो
उनिहरूका हप्ता कहिले फर्किएर आएन
न महिना आयो न बर्ष आयो
खुशी त मात्र
माटोको ढिस्कोमा सिमेन्टले पक्का गरेर राखीएको छ!!
यसैले आज
"ओमेर"
उसको बाबा भेट्न जादैछ
हातमा फ़ूल बोकेर
उ भन्छ यसरी
उ बाबा भएको ठाँउमा जान सक्छ
बाबा आउन सक्नु हून्न
किनकी बाबा त देश
बचाउन जानु भा हो नि त
हामी भेट्न नगए उहाँ रिसाउनु हून्छ
म हेरि रहन्छु
नि शब्द भएर
यस्ता अबोध बालक को ख़ुशी लुटेर
लाग्छ कहिले अघाउने छैन
यो सहर .......!!

मुना सिग्देल 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com