"माघेसंक्रान्ति"

समयको चक्र सगै घुमिरहने प्रकृती र हामी प्रकृतीका उपज मानव एक अर्को सग अनोश्रास्रित सम्बन्धमा गासिएका छौ। सत्य नै हो प्रकृतीको पुजन सग उपलब्धीको अस्तित्व हाम्रो जीवन पद्दती सग गासिएको छ। 

पंचतत्वको शरिर र ब्रह्म अंश आत्माको मिश्रण यस देह पंचतत्वको कुनै परिवर्तनले ठूलो असर पार्दछ हाम्रो शरिरमा। प्रकृती र देहको संमन्वय उपलब्ध खाद्यान्नको उपभोगले गर्छ। यसर्थ हामी समयानुकूल अन्न फलफूलको ग्रहण गर्छौ, पुजा आराधना गर्छौ। यो अनुकूलताको मिलान हो प्रकृतीको बिशेषता बिरूद्...धको स्वभावका जीवको बिनाश हामीले इतिहासमा धेरै पढेका छौ। 

कति जीवजन्तु बिनासको पर्खाइमा लाइनमा बसी सकेका छन। कति जीवका कारक हामी बुज्रुक मानव नै हौ। प्रकृतीको पुजन मेसोपोटामियाको सभ्यताबाटै शुरू भएको हो। हरप्पाको सभ्यता लोप हुन अगावै हिन्जुदको बैदिक काल हुदै गंगा सभ्यतामा आइपुग्दा आर्यहरूको जीवन पद्दती नै बन्यो। प्रकृतीको मातृत्व जीवको अस्तित्व हो। 

भौतिकताले घिसारेको नास्तिकताले मानव जीवन संकटमा पर्दै आइरहेछ दृष्टान्त प्रकृती प्रकोपलाइ नै लिऊ. बाढी, पैरो, सामुन्द्रिक छाल ज्वालामुखी आधी आदी। प्रकृती पुजनको दिन आज देह त्याग गर्नेहरूको लागी पनि शुभदिन. मानिएको आज माघे संक्रान्तीलाइ मकर संक्रान्ती पनि भनिन्छ। यस समयमा सुर्य पंचायन कर्कट रेखाबाट उत्तरायण लागी मकर रेखामा सर्दछन। पृथ्वीका जीवको लागी सूर्य पिता मानिन्छ भने बेदमा पनि सूर्यको निकै गुणगान गाएको पाइन्छ ।

पितामह भीष्मले सूर्य उत्तराणय भएको बेलामा आफ्नो प्राण त्याग गरेका थिए रे उनलाइ इच्छा – मृत्यूको बर प्राप्त थियो। यसर्थ पितृको लागी यो संक्रन्ती महत्वको मानिन्छ। यस दिनमा देह त्याग गर्ने ब्यक्ती जन्म मरणको चक्रबाट मुक्त हुन्छ भन्ने ग्रन्थहरुमा उल्लेख भएका छन भने मरण भएको घरमा हामीले गरुड पुराणका कथामा सुन्दै आएका छौ । आजको दिन पवित्र नदिमा वा कुनै तिर्थस्थलमा गएर स्नान गरी भगवान सूर्यलाइ अर्घ दिदै जीवनमा सधै सुख समृंद्धीको हेतु प्रार्थना गरि गल्तिको याचना गरिन्छ। खिचडी, गुड-तिलको लड्डु ,तरुल,सखरखण्ड,सुठ्नी जस्ता पितृलाइ अर्पण गर्दै प्रसादको रुपमा आफन्तलाई बोलाएर खुवाइन्छ । 

बैदिक कालमा उत्तरायण देवताको दिन र दक्षिणायण देवताको रात मानिन्थ्यो। उत्तरायण देवयान तथा दक्षिणायनको पितृयान मानिन्थ्यो। यस मकर संक्रान्तीको दिन यज्ञ गरे हब्य, ग्रहण गर्नको लागी देवता धर्तीमा स्वयम् नै आउछन अरे । यो दिनमा पुण्य आत्माहरूले मात्र देह त्याग गरी स्वर्गमा जान्छन भन्ने भनाई छ । यस कारण यस दिन पुण्य, दान, जप, र धार्मिक अनुष्ठानको अन्नत महत्व छ त्यस्तै अन्य दिन भन्दा सयौ दुना बढी फल प्राप्त हुन्छ भनिएको छ । 

यस दिन गरेको राम्रो पुण्य कामको अति शुभ मानिन्छ भने माघेसंक्रान्तिको दिन घिउ, तिल र चामल ,मास्को दालको,दानको महत्व मानिन्छ र दान गर्ने ब्यक्ति सम्पूर्ण स्वर्गसुख भोग गरेर मोक्ष प्राप्त गर्छन भनिएकोछ । समस्त पुर्वज प्रति श्रर्दा अर्पण गर्दै यस माघ संक्रान्तीको सुअवसरमा समस्त सगी साथी तथा आफन्तमा पुण्य प्राप्तीको लागी शुभकामना एंव शुभदिन।

निशा खनाल अर्याल 
राजविराज सप्तरी
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com