देशमा यस्तो किन ?

विद्वान्हरु पनि कर्तब्य र अकर्तब्य बिचको फरक छुट्याउँदा अलमलिन्छन; अरे त्यसैले पो होकी? कहिले एकताको बिकुल बज्ने हो ?,कहिले नेपाली जनताले आफ्नो अधिकार ठाडो पारेर ,छाती फुकाई शानले अनि शान्तीले बस्न पाउने हो ....? आखिर कहिले ...? नेपाली जहाँ गए पनि , देशमा नै भए पनि ,आखिर नेपाली कै दुर्दशा किन यस्तो ? गरिब,दलित,जनजातीले नै किन बोका ,राँगा झैँ रेटिनु पर्छ च्यापमा परेर ? अझै कति खेलवाड गर्छौ त देशमा नेता हो ? 

आफ्नो देश भित्र भइ रहेको हानाहान ताकताक कुतारताको जिम्मेवार को हो त ? लौ भन् नेता,बुद्धिजीवी,त था देशलाई स्वार्थमा खलप्प डलर खाँदै देशको नै पहिचानलाई लिलाम गर्न चाहने नेपाली नामले आफुलाई चिनाउने चेतना भएका मानब प्राणी हो ? आज नेपाल देश किन आमा बाबा नभएको टुहुरो झैँ भएको छ ? नेपाल बहुभाषी, बहुजाती, बहुसंस्कृति भएको देश, धार्मिक सहिष्णुता कायम रहेको अवस्थामा नेपाल विश्वको दुई अर्व जनसंख्याले अवलम्बन गर्ने धर्मको उद्गमस्थल भनेर नेपाल चिनिएको देश हो साथै एक अर्व भन्दा वढीले आत्मसाथ गर्ने बुद्धको जन्म भएको पवित्र भुमि ,जहाँ ,जनक,सिता जस्ताको जन्म भयो ,त्यस्तै एक अर्व भन्दा बढीले अंगालेको हिन्दुत्वको रक्षा हुदै आएको देश पनि नेपाल नै हो ।  

यो हाम्रो देशको गौरव तिमीहरुको डलरको तागत भन्दा पनि ठुलो आत्मा विश्वाश,प्राकृतिक सौन्दर्यको खानी,देवी देवताले राज गर्ने स्थलको पुंजी हो यो देश हामी आफ्नो धर्म र संस्कारको जुन सुकै जातजाति भए पनि रक्षा गर्न पछी पर्ने छैनौ किन कि यो हाम्रो प्रतिष्ठा हो भन्ने कुरा आज ,कसरी नेपाल भित्रका नपाली नागरिक ,बुद्धिजीवी,शिक्षक ,कलाकार,गायक,गायिका ,राज्यका नेता भनेर मुख देखाएर कुकुरले भुके झैँ तराजुमा आफुलाई सक्दो मुल्यमा तौलिदै भाषण गर्दै हिड्दै छौ बिदेसी दलालहरुको आडमा ? र ताली पड्काउछौ पटटट गर्दै ,थुक्क एक पल्ट आखाँ उघारेर हेर त । 

जसरी दार्जिलिंगमा भएको गोर्खाल्याण्डको आन्दोलनमा कतिले आफ्नो ज्यान आहुती दिए,त्यस्तै राजतन्त्र हटाएर गणतन्त्र ल्याउंदा कस्तो न चयन होला ,देश साच्चै प्रचण्ड र बाबुरामको भाषण झैँ झिमिल्ल बन्नला अनि कर्करखाना र श्रमिकहरुले गरि खान पाउला भन्दै नेपाली जनताले अब बिदेसिको गुलाम बन्नु पर्ने छैन भनेर खुनको धारा बगाए त्यस्तै आफ्नो नेपाली अस्तित्व जोगाउँन आफ्नै देशको सिमाना बचाउन ति वीर गोर्खाली शहिदहरु लागि परे आखिर तिनीहरु पनि कुनै बिदेसी दलालले डलर दिएर पठाएका थिएनन् हाम्रै नेपाल आमाका हिन्दु ,बौद्ध नामले गर्व गर्ने सन्तान,जसले आफुलाई आहुति दिएर नेपालको सिमाना तथा हिन्दुत्वको रक्षाकोलागि लागि परे । 

नेपाली आमाका सन्तानहरु आज आफ्नो देश संकटमा परेको देखेर विदेशीको गुलाम बन्नु नपरोश भनेर आफ्नो ज्यानको नै प्रबाह नगरी देश र हिन्दुत्व प्रति सम्मान गर्दै अबका दिनहरुमा चाहे जुन सुकै मुलुकमा हुन आफ्नो संस्कृति , राष्ट्रियता र राष्ट्रभाषाको बोध यसरी गराई रहेका छन् आफ्नो आहुति दिदै किन नेपालमा केहि पाखण्डी नेताहरुको कारणले गर्दा जाती,भाषा र धर्मको आड लिदै राजनीति गर्नाले र आपसमा भेद र भावको दुरी ल्याउनाले आज वीर गोर्खालीको नाम" हिन्दु राष्ट्र हो मेरो "भन्ने निशाना भात्काउने आफ्नो स्वार्थको लागी नेपाली जनतालाई राष्ट्रियताको हित र जनताको लागी आँखा मिचौली जस्ता कुरा गर्दै मह झैँ मिठासमा लात्पटाउदै आँखामा ओझेल राख्दै डलरको लालचमा बिदेसिको पाउ मुसार्ने नेताहरु तिमीहरुले चाहेको के हो ? कहिले खुल्छ तिमीहरुको आँखाको पर्दा ?..यसरी देशमा आफ्नै नेपाली बीच खुनको खोलो बगाउन मन छ फेरी ? 

देशलाई खोक्रो तुल्याउन र बिदेसिको हातमा सुम्पिदा कतै तिमी र तिम्रो सन्तानले भोलि माग्ने झैँ वटुका लिएर हिड्नु पो पर्ने हो कि? भोलिका दिनमा बिदेसिले कुकुरलाई हड्डी को टुक्रा फाल्दा लुछाचुँडीमा एकअर्कालाई टोक्न पुग्ने तिम्रो त्यहा कतै आफ्नै सन्तान त पर्दैनन ? यदी त्यहा तिम्रो आफ्नै सन्तान परे भने पनि के तिमी यसरी नै मस्त महलमा बसेर डलरमा मिठासमा रमी रह्छौ कि ? थुक्क देशको अबस्था गम्भीर दिनप्रति दिन हुँदा पनि कहिले आखाँ खुल्छ त .......? लौ अब हिन्दु राष्ट्रका सम्पूर्ण नेपाली हो आफुलाई जातभातमा नदाजी हामी नेपाली हौ र हाम्रो देश नेपाल बुद्ध तथा ओमकार को देशको हित र रक्षाको लागि हामीले आफ्नो चेतनालाई अब खोल्नै पर्छ किन कि आज सम्म हामी देशमा सबै धर्म मिलेर बसेका थियौ आनन्दित थियौ,तर आज हामी एक अर्कालाई लड़ाउदै विदेसी दलालले आफ्नो चुट्कीमा पार्टीका केहि नेतालाई हातमा लिन उनीहरुको मुल्य तोकेर नेपाललाई धर्म युद्द तिर लैजादै छन । त्यसैले विदेशबाट झिकाउने बिभिन्न तरिका जस्तै कैसर तथा अन्य रोग निको पार्न भनि दलालहरुले त्यहाको सँस्थाबाट फन्टमा उसको नाममा डलर झिकाई सके पछी त्यो गरिब लाचार असहाय दलितलाई खसी बाख्राको मुल्य लागाए झैँ गरि मुखमा माड़ हाल्न खुशीपारे झैँ गरि थोरै रकम दिने तथा जनजातीको पछी कुनै औचित्य नरहेको बरु झन धार्मिक_कर तिर्न बाध्य गरिदै आएको छन भने इसाईहरु नेपालमा आएर सिधा साधा गरिबहरुको रगत चुस्न बन्द गर्दैनन् आखिर किन ? तिनीहरुलाई यसरी छाडा राँगो,वा साँढे झैँ मनोपरी गर्न दिने यी कुर्शीमा राज गर्न हात जोड्दै आउने केहि नेताहरु पनि इसाई बनेर तिमीहरुको जीवन स्तर शुखी हुन्छ भन्दै लत्पटाउदै अन्तिममा आफ्नो ढाल बनाएर गरिब-गुर्वा कै रगत चुस्न पल्केका रैछन ।

 यो देशमा अनौठो लोकतन्त्र आएको छ यहा बहुमत बाट कुनै निर्णय हुन पाउदैन अल्पमतको दादागिरी चल्छ सधै ,८० प्रतिशत जनता हिन्दु छन यहा तर अब हिन्दु धर्मलाई नै पाखा लगाउने खेल खेल्दैछन केहि हण्डी खाएका नेता भनाउदाहरु नै .... यो अधिकार तिमीलाई कसले दियो ? आज नेपालीले सोध्धैछ्न ....धर्मलाई अपहीम मान्ने र आफ्ना जन्मदाता बाबु ,आमा मर्दा समेत क्रिया बस्न नसक्ने पाखण्डीहरु आफुलाई चाहिदा "जात" को कुरा गर्छन ...तर देशलाई चाहिने पहिचान नै मेटाउदै हिडेका छन्...यो अधिकार तिनलाई कसले दियो ? के यति ठूलो विषयमा जनमत संग्रह पर्दैन ? अब सम्पूर्ण नेपालीले ज्वाला मुखी बनेर ,माँ दुर्गाको,प्रचण्ड रुप र शिवले त्रिनेत्र बाट अग्निको ज्वाला निकालेर दग्न गरे झैँ महाकाली,भद्रकाली भइ जाईलाग्ने बेला आयो हामीले आफ्नो सनातन हिन्दु, बौद्धिष्ठ, किराती लगायत अन्य जनजाती जो धेरै वर्ष देखि नेपाली माटोमा जन्म भएको छ ती सबैले धर्मको रक्षा गर्न नेता हुन् वा कुनै देशका दलाल हुन् । जो हाम्रो देश पसेर हामी बीच लडाउन आउछ त्यसको जिब्रो थुतेर, हात काटेर देशको छवी संकटमा पार्न चाहनेलाई लखेट्नै पर्छ ।

हामीले एकार्का बीच कुनै पनि दुरी नल्याई हातेमालो गर्दै देश र देशको गरौवलाइ जोगायौ किन कि हामी नेपाली हौ र नेपाल र नेपालीको राष्ट्रियताको सवाल हो भने सबैलाई अब थाहा भएकै छ नेपालका राजनैतिक पाटीमा लाग्ने प्राय स्वार्थ भावनाले कमाउने मनसायले डाका झैँ पैसा लुट्न राजनीतिको आडमा पसेका नेताहरु ,बिदेशी र भारतका दलाल हुन् भन्ने हामीलाई राम्रो संग थाहा छ किनकी कालापानी बेचाए साच्चै भन्नु पर्दा आधा नेपाल बेचिदिए अब नेपाललाई विश्व भरि चिनाउने गौतम बुद्ध जन्मेको देश लुम्बिनी बेच्ने कसरत गर्दैछन रे ।

जुन जी टिभी बाट प्रसारण गरिएको बुद्ध इन्डियामा जन्मेका हुन् रे भन्ने सुनिदै छ ,यस्तै पारा हो भने अब यी नेताहरुले देशलाई भित्र भित्रै बेचेर सखाप बनाउनेछन र आफुहरु आफ्ना परिवार सहित विदेशको नोकर बन्ने त छन् नै तर हामी गरिबहरुको कस्तो हवगत होला ? अब जागौ हामी ,खोल्लौ आखाँ हाम्रो र विदेसिलाई लखेट्न र देशको छवी जोगाउन आफुले खुनको खोलो बगाउनु परे पनि अब आन्दोलन गर्न हरेक नेपालिले एकार्का बिचको प्रेम भाव राख्दै यो सन्देश संसार भरका नेपाली बीच पुराएर हामीले अब लड्न नै परे पनि रगत खाएको शेर जस्तो बन्नु पर्छ हामी देशको हितचाहने राष्टबादी हौ भन्ने कुरा अब सामना गरेर देखाउन लागि परौ ।
 ,जय हिन्दूराष्ट नेपाल, ।

निशा खनाल अर्याल
राजविराज सप्तरी ,
 हाल इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com