” बहादुरी बहिनि स्वतन्त्र डकुमेन्ट्री हैन ” यसले प्रबासमा झगडाको बिउ रोप्न खोजीदै छ।

हेमन्त पौडेल । डकुमेन्ट्री सिनेमा कस्तो हुनु पर्छ भनेर बहस होला तर एकपक्षिय हुनुपर्छ भनेर बहस नहोला । डकुमेन्ट्री आँफैमा सिनेमा हो कि हैन भन्ने बहस पनि होला तर दोस्रो विश्व युद्द ताका जस्तै अहिले पनि 'प्रोपोगोन्डास्टिक' हुनुपर्छ भन्ने बहस नहोला । 

तसर्थ डकुमेन्ट्री कुनै कथा हैन, यथार्थ घटनाहरुलाई कुनै रङग नभरी बनाईएको सिनेमाको एउटा रुप हो । त्यसैले यस्लाई अङ्रेजीमा ' नन फिक्सनल' र 'स्लाइस अफ लाइफ' भनेर भनिएको हो ।

प्रसँग यस्तै एउटा डकुमेन्ट्रीको हो 'बहादुर बहिनी' जुन नयाँ बर्षको उपलक्षमा गत बिहीवार १ जनवरीको दिन दुबईमा प्रदर्सन गरियो । बहादुर बहिनी कतार हुँदै दुबई आईपुगेको थियो । जसलाई आँफैले आँफैलाई स्वतन्त्र भन्ने नेकपा एमाले समर्थित पत्रकारहरुको साझा चौतारी प्रेस चौतारीका सचिब गणेश पाण्डेले ल्याएका थिए । जसको संयोजन नेपाली प्रबासी मन्च, युएई ले गरेको थियो ।

यो डकुमेन्ट्री जनयुद्द कालमा सिन्धुलीमा भएको एउटा घटनालाई एकपक्षीय ढंगले पर्दामा उतारिएको 'फिक्सनल' कथा थियो । जसका दोशी भनिएका सभासद एक्रिक्रित माओवादीका नेता बाल कृष्ण ढुङगेल । युद्दकालमा भए गरेका घटनालाई कसरी सम्बोधन गर्ने भन्ने प्रश्न ज्यु को त्यु रहेको बेला एक पक्षीय ढंगले बनाइएको उक्त डकुमेन्ट्रीको उद्देस्य के थियो भन्ने कुरा स्वतन्त्र आँखाले उक्त डकुमेन्ट्री हेर्ने सबैलाई छर्लङग हुन्छ । एमाले आँखाले हेर्नेलाई भने ठिकै होला ।  

बहादुर बहिनी लाई हेर्न बिभिन्न राजनीतिक बिचार नजिक रहेका युएई बासी देखी स्वतन्त्र ब्यक्तीहरुको पनि उपस्थिती रहेको थियो । देखाइएको डकुमेन्ट्री कस्तो थियो भन्ने धेरै व्याख्या गर्न चाहिन तर एक जना दुबईमै रहने मिडियाकर्मी रमेश खड्का काशीका केही भनाईहरु जस्ताको त्यस्तै राख्न चाहेँ । खड्काले आफ्नो फेसबूकमा लेखेका छन-

१) फिल्मको सबै पक्ष राम्रो रहेको थियो , तर हामी परदेशमा हुँदा राजनीतिक आस्था बोकेका र आपसी सद्भभाब भड्कन सक्ने खाल्का फिल्महरु बाट के सन्देश पाउन सकिन्छ ? जब कि एउटा हल भित्र रहेकै २० /२५ जना दर्शकहरुमा खल्बली सुरु हुन्छ र आवाज निस्कन्छ भने , देश प्रेम बोकेको फिल्महरु किन प्रदर्शन नगर्ने ?

२) स्वतन्त्र धार बाट निर्माण गरिएको डकुमेन्ट्री फिल्म भनिएता पनि डकुमेन्ट्रीमा दोशी सभासद बाल कृष्ण ढुङ्र्गेलको बारेमा कुनै उनको आफ्नो धारणा प्रस्तुत नगरिनुले डकुमेन्ट्री कुनै एक राजनीतिक धार बाट निर्माण गरिएको भन्न सकिन्छ ।

३) निर्माताको कथा र मिहिनेत राम्रो छ ,तर उपस्थित समाजसेबीहरु को धारणा बुज्न मौका दिने तर राय दिने ब्यक्तीहरुको सबाललाई अलिक फरक तरिकाले जबाफ दिनु र १६ घण्टा बसेर कुरा गर्न सक्छु भनेर जबाफ दिनु त्यती उचित लागेन ।

मैले भन्नु पर्ने मोटामोटी कुरो पनि तिनै हुन । एउटा भन्नै पर्ने खड्केको कुरा चाँही के हो भने आयोजकले बहादुर बहिनी हेरीसके पछी उपस्थित दर्शकहरुको राय नसोधेकै बेश हुने थियो । प्रबास एमाले समर्थक मात्र बस्ने थलो हैन । यहाँ सबै राजनैतीक आस्था बोकेका ब्यक्तीहरु छन । त्यस्तो एकपक्षिय छ भन्ने जान्दा जान्दै अन्य राजनैतीक आस्था बोकेका ब्यक्तीहरुलाई निम्तो नदिएको भए झन उत्तम हुने थियो । राय सोधीसके पछी हुनसक्छ उपस्थित महानुभाबहरुले सबैकुराको अन्धभक्त भएर समर्थन नगर्न पनि सक्छन, त्यो पचाउन सक्ने हिम्मत हुनुपर्थ्यो । कुनै पनि डकुमेन्ट्री होस् या सिनेमा अथवा पुस्तक नै किन नहोस् दर्शक र पाठकले पक्ष र बिपक्षमा राखेको प्रतिकृया पचाउन नसक्ने पत्रकार मीत्रले १६ घण्टा त के जिबन भर नै बहस गरे पनि उनले जित्ने हैनन । बस, उनले दर्शकको भावनालाई सम्मान गर्न सिकुन ।

निर्देशक समेत रहेका प्रेस चौतारीका पत्रकार गणेश पाण्डे जी जसले यो डकुमेन्ट्री लिएर देश बिदेश घुम्दै छन उनले प्रेस चौतारीकै उपादक्षले आफ्नै छोरीलाई लगातर २ बर्ष सम्म गरेको बलत्कारको घटनालाई पनि डकुमेन्ट्रीमा उतार्दै महिला तथा बालबालिका हिंसाको बिरुद्दमा आवाज उठाउन के ले रोकेको छ ?  

साथै, उसले जनयुद्द ताका एमाले सहित अन्य भाडाका सिपाहीहरुले गरेका सुराकी र सर्बसाधारण जनताको हत्या हिंसाको जघन्य अपराधका बारेमा पनि बोलेको भए डकुमेन्ट्रीले बहादुर बहिनीको घटनालाई यस्तै एउटा सिलसिलेवार घटनाको रुपमा सन्तुलित रुपमा प्रस्तुत गरेको भन्न सकिने थियो । निस्चय नै युद्द राम्रो र खुशीको बहार हैन । युद्दमा पिडा हुन्छ । आफुले गरेका अनेकौ जघन्य अपराधका घटनाहरुलाई लुकाएर एकपक्षिय ढंगले आएको डकुमेन्ट्रीले मानबिय सम्बेदनामा खेल्न खोजेको देखिन्छ ।  

उक्त डकुमेन्ट्री हेरीसकेपछी संक्षेपमा निम्न कुराहरु भन्न सकिन्छ ।


१) बहादुर बहिनी एमाले समर्थित प्रेस चौतारीले बनाएको हुनाले यो कुनै स्वतन्त्र डकुमेन्ट्री हैन ।

२) यो एउटा डकुमेन्ट्री नभएर नेकपा एमाले र एमाले सम्बद्द एनजीओ बाट डलर खर्चेर एकपक्षिय ढंगले बनाईेको कथा हो ।

३) कथा यो अर्थमा हो कि - घटनाक्रमलाई राजनैतीक रङग दिएर कुनै पार्टी र पार्टी सम्बद्द ब्यक्तीको बदनाम गर्न उत्प्रेरित भएर आएको हो नत्र आरोपित सभासद बालकृष्ण ढुङगेलको भनाइ किन समेटिएन ?

४) जनयुद्द कालमा घटेका र घटाइएका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाइ सम्बोधन गरिनु पर्छ भनेर सबै पार्टीहरुले स्विकारीसकेको अवस्थामा यो बारेमा एक शब्द पनि नबोलिनुले हामीले के बुझ्ने ?

५) प्रबास बिशेष गरी खाडी क्षेत्रमा मिलेर बसेका सबै आस्थाबान ब्यक्तीहरु बिच द्वेश र झगडाको बिउ रोप्ने खालको डकुमेन्ट्री देखाउनुको उद्देश्य के हो ? बिदेशमा पनि लडुन भन्ने हो ? यदी हो भने, हिजो एउटा काल खण्डमा एउटा लडाईं लडिएकै हो भने आज अर्को लडाईं लड्नु हामी जनताका सिपाहीहरुलाई गार्हो हैन । तर प्रबासमा यहाँको कानुनको परिधीमा रहेर संयमता अपनाउदै एक आपसमा भाईचारा रहिरहोस् भन्ने हाम्रो सद्भाब र प्रयास भने रहने नै छ । यसलाई सबै पक्षले यसरी नै बुझ्नु जरुरी छ न कि कमजोरी ।
तसर्थ, कार्यक्रम आयोजक नेपाली प्रबासी मन्चले आईन्दा यस् प्रती ध्यान दिन अती जरुरी देखिन्छ ।
 
-लेखक नेपाली जनप्रगतिशील मन्च, युएई का अध्यक्ष हुन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com