चितवनका पत्रकार सापकोटालाई नारायणी पत्रकारिता पुरस्कार I

हेटौडा पुष १५

होमनाथ सापकोटा : पुस नारायणी यातायात व्यवसायी संघले हरेक बर्ष प्रदान गर्दै आईरहेको नार ायणी यातायात पत्रकारिता पुरस्कार यस बर्ष चितवनका क्रियाशिल पत्रकार हो मनाथ सापकोटालाई प्रदान गरेको छ । 
 नागरिकको सुचनाको हकको प्र त्याभूति,व्यवसायिक र स्वच्छ पत्रकरिता मार्फत सामाजिक विकासमा पु¥याएको यो गदानको मुल्याबकन गर्दै संघले आफनो २८औं साधरण सभा तथा अधिवे शनका अवसरमा उहाँलाई नगद सहित पुरस्कृत तथा सम्मान गरेको हो । 

विगत १ २ बर्ष देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार सापकोटा नेपाल पत्रकार महासंघ चितवनको कोषाध्यक्ष,पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष तथा चितवन पोष्ट र सिनर्जी एफएममा कार्यरत रहनुभएको छ । पत्रकार सापको टा सहित संघले मकवानपुरका पत्रकार हरि हुमागाई र विरगञ्जका पत्रकार रितेस त्रिपाठीलाई पनि सो पत्रकारिता पुरस्कारवाट पुरस्कृत गरेको थियो । 

कार्यक्रमका प्रमुख अतिथि नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्र्र ीय अध्यक्ष अर्जुन रानाभाट र नारायणी यातायात व्यवसायी संघका अध्यक्ष गोकर्णप्रसाद पराजुलीले तीनै जना पत्रकारलाई पुरस्कृत गर्नुभएको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com