ल्होसार पर्वको अवसरमा चेपाब बालबालिकालाई खिर खुवाइयो I

चितवन,पुष १५ ,

शिशिर सिंखडा : ल्होसार पर्वको अवसरमा पुर्वि चितवनको रत्ननगर १० मंगलपुरमा रहेको गामबेसीको चेपाब केन्द्रमा आश्रित बालबालिकालाई एकदिनको खाना खुवाइएको छ । 

सिराइचुली दुग्ध उत्पादक तथा चिस्यान सहकारी संस्था लि ,जुटपानी २ को सहयोगमा आज खिर खुवाई बालबालिकाहरुसंग ल्होसार पर्व मनाइएको संस्थाका अध्यक्ष परशुराम तिवारीले जानकारी दिनुभया े। 

सो संस्था कञ्ंचन दुग्ध उत्पादक सहकारी संस्था,पञ्चरत्न,भटे नि,शिवधारा र श्रीकृष्ण सहकारी संस्था मिलेर सञ्चालनमा रहेको छ । सो सबै संस्थाको समन्वयमा कहिल्यै पनि खिर नखाएका बालबालिकाहरु लाई खिर खुवाई ल्होसार मनाउन पाउदा खुसी लागेको सिराइचुली दुग्ध उत्पादक तथा चिस्यान सहकारी संस्थाका लेखा सदस्य राजु केसीले बताउनुभयो । 

सो कार्यक्रममा पञ्चतेजज्योति राप्राविका प्र धानाध्यापक राम बहादुर मगर ,पञ्चरत्न दुग्ध उत्पादक सहकार ी सस्थाका यज्ञ बहादुर धमला , श्रीकृष्ण दुग्ध उत्पादक सहकार ी सस्थाका नवराज गजुरेल, कञ्चन दुग्ध उत्पादक सहकारी सस्थाका राम कृष्ण दुलाल लगायतले कार्यक्रममा मनतव्य व्यक्त गरेका थिए । केन्द्रमा ७७ जना चितवन र मकवानपुरका विकट पहाडी बस्तीका चेपाब बालबालिका आश्रित रहेका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com