विद्यार्थीलाई जाडोमा लगाउने कपडा सहयोग I

चितवन,पुष १६ ,

शिशिर सिंखडा : सेवा अहिले नेपाल काठमाडौ नामक संस्थाले पुर्वी चितवनको जुटपानी ४ स्थित पृथ्वी उच्च मावि सालघारी शाखाका विद्यार्थीहरुलाई जाडोमा लगाउने कपडा सहयोग गरेको छ । 

सो संस्थाले आज विद्यालयका १ सय १० जना विद्यार्थीहरु लाई ज्याकेट,ट्राउजर र टोपी सहयोग गरेको हो । विद्यालयमा आयोजित एक कार्यक्रममा जुटपानी गाविसका सचिव रामकुमार श्रेष्ठले विद्यार्थीहरुलाई सो कपडा हस्तान्तरण गर्नु भयो । 

सेवा अहिले ने पालका राष्ट्रिय निर्देशक अर्जुन ढकालले शितलहरका कारण विपन्नवस्तीका विद्यार्थीहरुलाई पर्न सक्ने असरलाई मध्यनजर गर्दै हरेक वर्ष जस्तै यस वर्षपनि सो विद्यालयका सवै विद्यार्थीहरुलाई कपडा सहयोग गरेको वताउनुभयो । सो संस्थाले सिद्धीको मझवाब प्राविका १३ जना र नवलपरासी स्थित पिठौली प्र ाविका ९५ जना विद्यार्थीलाई पनि जाडोमा लगाउने कपडा सहयोग गरेको थियो । 
सहयोग कार्यक्रममा पृथ्वी उच्च माविका प्राचार्य गंगाराम गुरुब,जेन्टल फाउन्डेसनका कोअर्डिनेटर इश्वर श्रेष्ठ,पृथ्वी उच्च मावि सालघारी शाखा इन्चार्ज तारा खड्का लगायतले मन्तव्य व्यक्त गरेका थिए । सेवा अहिले नेपाल काठमाडौका राष्ट्रिय निर्देशक अर्जुन ढकालको अध्यक्षतामा कार्यक्रम भएको थियो ।





Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com