चितवन समाज युएईको सस्कृती कार्यक्रम भोली सुक्रबार I

दुबई २५ डिसेम्बर,

निमकान्त पाण्डे : चितवन समाज युएईले आउदो सुक्रबार अर्थात भोली २६ डिसेम्बरका दिन गर्न लागेको “ सास्कृतिक साँझ २०१५ ” का कलाकारहरु गायक कमल खत्री र डान्सर प्रमिला खनाल दुबई आइपुगेका छन ।

नेपालबाट युएईको शारजा एयरपोर्ट आईपुगेका कलाकारलाई स्वागत गर्न समाजका उपाध्यक्ष रामु पौडेल कोषाध्यक्ष गणेश न्यौपाने कार्यक्रम संयोजक मनोज अर्याल कार्यक्रम संचालक मदन अधिकारी लगायत समाजका प्रतिनिधि तथा सदस्यहरुले एयरपोर्टमा स्वागत गरेका थिए । भोली दिउसो कलाकारहरुले ३.३० बजेबाट बर दुबईको इम्पेरियल सुइट होटेलको हलमा धमाकेदार कार्यक्रम प्रस्तुति दिनेछन ।

यस सांगीतिक कारयक्रममा युएईमा चर्चित नेपाली ब्याण्ड युथ ब्याण्ड, ख्याती पाप्त नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, सुदीप गैरे,पुजा पौडेल, मनोज, समिर, गोकुल अधिकारी लगायतले पनि आफ्नो प्रस्तुति दिनेछन । कार्यक्रमको मुख्य लक्ष अनाथ गरिब बालबालिका सहयोग गर्ने उद्देब्यले आयोजना गरिएको हो , युएईमा कार्यरत नेपालीहरुलाई यसै सुचना मार्फत निमात्रणा गरिएको छ। 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com