बहु विवाह गर्नेलाई जरिवाना सहित बर्ष दिन कैद I

इलाम, १५ पुस,

पशुपतिनगर गाविस-६ का ३५ वषर्ीय मनबहादुर दर्जी र प्याङ गाविस-४ की २८ वषर्ीया गीता दर्जीलाई बहुविवाह गरेको कसुर ठहर गर्दै जिल्ला अदालत इलामले सोमबार जनही एक वर्षकैद र रु पाँच/पाँच हजार जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मनबहादुरविरूद्ध मुलुकी ऐन विवाहवारी महलको ९ नम्बर र गीताविरुद्ध सोही महलको १० नम्बरबमोजिम कसुर ठहर गर्दै उक्त सजायको फैसला गरेको अदालतका तहसिलदार स्रेस्तेदार अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।

आफू र छोरीहरू हुँदाहुँदै कात्तिक १० गते मनबहादुरले गीतालाई दोस्रो विवाह गरी ल्याएको भन्दै मनबहादुरकी जेठी पत्नी ३२ वषर्ीया चन्द्रकला दर्जीले इलाका प्रहरी कार्यालय पशुपतिनगरमा पुस २ गते श्रीमान्विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उनीहरू दुवैलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले पुस ३ गते पक्राउ गरेको थियो । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com