तराइमा शितलहर र हुस्सुले जनजीवन प्रभावित I

 काठमान्डू पुष १२,

पश्चिम तराईमा एक सातादेखि शुरु भएको शितलहर बाक्लो हुस्सु तथा कुहिरोका कारण जनजीवन प्रभावित भएको छ । शितलहर र बाक्लो कुहिरोका कारण रुपन्देहीको भैरहवालगायत दक्षिण पश्चिम ग्रामिण भेगमा अत्याधिक चिसो बढेको छ ।

जाडो बढेसँगै भैरहवा तथा अन्य ग्रामिण बस्तीका चोक चोकमा दाउरा बालेर आगो ताप्नेको संख्या बढेको छ । चिसो र शितलहरका कारण स्कुलमा विद्यार्थीको संख्यामा कमी आएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राही समेत कम देखिन थालेका छन् ।

बाक्लो कुहिरो र हुस्सुका कारण यातायात समेत तुलनात्मक रुपमा कम चलेका छन् । बाक्लो कुहिरोका कारण भैरहवा काठमाडांै क्षेत्रको हवाई उडान समेत प्रभाबित हुने गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com