" एउटा चिट्ठी " आध्यात्मिक समीक्षा I

चिन्तनर मनन  " एउटा चिट्ठी " आध्यात्मिक समीक्षा,

 मेरो मनको उछालिएका अनगन्ती देश भित्रका तरंगित सम्झनाहरुलाई आज आफन्त लगायत ,मित्र,वन्धु साथी,तथा मायाँ गर्ने गुरुहरु लगायत स्नेह रुपी प्रेमी,जीवनसाथी,मोहमा अल्झिरहेका सम्पूर्ण मानब जाति माझ सानो चिट्ठीको रुपमा आध्यात्मिक चिन्तन भित्र पोखिएका सन्देश राख्दैछु चाहे हाम्रो  अपरिचित एक अर्कामा भएता पनि भेट होश वा नहोश,तर हामी नेपाली नेपाल देश भित्रै  जन्मिएका हिन्दु राष्ट्का हौ ,हामी एक्कै जन्मिएका र एक्लै मर्ने यो संसारमा आएता पनि हामी जन्मनु र मर्नुको बिचको जुन समय हुन्छ त्यसमा एक आपसमा आफन्त,प्रेमी,मित्र,छिमेकी भएर रहन पुद्छौ यो रंगिन नाटकीय दुनियाँमा हावाको  झोका हौ र पनि ले आ-आफ्नै किसिमका चाहना,विचार र लक्ष्य बोकी हिडेका छौ ।

 हामी सबै हिन्दु राष्ट्र नेपालमा जन्मिएका नारी पुरुष आध्यात्मिक जगत प्रतिको विश्वाश बोकेर  हिड्ने भएता पनि एउटा छानो मुनि हुर्किएता पनि सायद दिवार यस पार र उस पार परिएछ र त् हामीले एक अर्का सबैसंग परिचित हुन् सकेनौ हुनसक्छ ,एकापसको उद्देश्य एक्कै हुँदा धेरै ठाउँहरुमा संगै पुग्दाको आवाश सम्म हुन् नसक्दा खुल्ला आकाशमा यात उता गर्दै संगै हावाको गतिमा दौडिदा एक अर्कालाई देखेर पनि नदेखे झैँ भयौ होला सायद मानव जीवनको त्यो वेला महत्व बुझ्न नसकेर होला आध्यात्मिक चेतनाको कमीको कारण दुर्भाग्य मेरो सत्संग पाउन नसक्नु र सौभाग्य अरुको जसले ज्ञानी गुरुहरुको सत्संग पाएरजीवन सार्थक वनाए होलान,...।

लक्ष्य,हिड्ने वाटा समेत एउटा र भावना पनि एउटा भएता  पनि त्यही नेपालको शहर ,त्यही ,गाउ ,ठाउँ र हावा पानीमा हुकिदै गएता पनि हाम्रो धेरै मित्रहरु बिचको भेट त्यो ठाउमा नभएर सात समुन्द्र पारीमा आएर धेरै समय पछी फेस बुकको माध्ययमबाट हुँदा र यो सत्संग र जीवन सार्थकको परिचय दिदै वाचनलाई सहज बनाइदिनु हुने गुरुहरुको शिक्षा,आशिर्बाद,आध्यत्मिक बोध ,चिन्तन तथा साहित्य शिक्षाको बोध गराउनु हुने मित्रहरु आज हामी बिचको आधात प्रेम ,स्नेह,मायाँ, बस्यो यो मेरो आफ्नो विचार हो त्यो नहुन पनि सक्छ तपाईहरुको विचारमा तर यो नराम्रो सम्बन्ध भने अवश्य नै होइन ,यसलाई कसरि सम्झने र कायम राख्ने भन्ने त् मनै हो जस्तो सम्झो त्यस्तै हुन्छ " भनिन्छ नि मनै दु:खको कारण पनि हो र अति नै शु:खको कारण पनि मनै हो ।

सम्झना आयो आनी छोइङ्ग डोल्माको गीत "फूलको आँखामा फुलै संसार ,काँडाको आँखामा काडे संसार "

मनमा कहिले काही खराब चित्तले वास गर्नाले हामी एकाएक दुखि हुन् पुग्छौ ,त्यसैले होला चित्तलाई शान्त र शुद्ध राख्नु आवश्यक हुन्छ ,हुन् त् तपाईहरु बीच  मैले यसरी ज्ञानका कुरा गर्न शोभा दिदैन् किन कि म पढे लेखेकी होइन र पनि मनमा आएका कुरा राख्न मनले नै आफ्नो सम्झेर "चिट्ठी रुपी सम्झनामा"सन्देशको रुपमा सबै माझ पोख्दैछु ।

,तपाइहरुलाई  थाहा नै भएता पनि  मैले सिक्ने क्रममा यहाँहरुलाई  आफ्नो एना बनाएर यो साहस जुटाएकी छु  यसलाई सकारात्मक रुपमा लिई दिनु हुनेछ भन्ने आशा गरेकी छु  ", गुरुले दिनु भएको महत्वपूर्ण वाणी हो मनको शुद्धि "अर्थात् आफ्नो चित्तलाई चिन्ता ,इर्षा,द्धयेस,क्रोध,घृणा,आदि विकार देखि मुक्त राखी मनलाई शान्त पार्नु हो ।
 
चित्तका सम्पूर्ण विकारहरुको मूल कारण नै मन हुनाले यसै बाट शरीरमा विष झैँ रोगहरु उत्पन्न हुने गर्दछ,मानिसमा जति नै भए पनि असन्तुष्टिका कारण आफ्नो लोभ,मोह,बढ्नाले र आफ्नो वासनारुपी ईन्द्रीयहरूलाई स्थिर नराख्नाले त्यसैबाट अनेकौ रोगहरु लाग्दछ,भने  सधैको मिठो खाना पनि पाचन सम्बन्धिको रोग हुने भएकोले सम्पूर्ण शरीरमा फैलिन्छ र त्यसैले लोभ,मोह,राग,द्धष,निमत्याउनाले यसले एक अर्का बिचको झगडाको कारण बनाउछ ,त्यसैले सोच्नुस त अरुको कुनै समान वा सम्पति लुटिदा, हराउदा, मर्दा,नाश हुँदा बिग्रिदा हामीलाई त्यति वास्ता वा चिन्ता हुदैन किन?संसारमा कति मानिस जन्मछ्न र मर्दछन,न हामीलाई हर्ष हुन्छ न दु:ख नै  कसैलाई चिनेको छ भने मायाँ लाग्दैन,मात्र कठै भन्छौ ।

त्यसैले कुनै ब्यक्ति प्रति हाम्रो जति धेरै मोहको मात्रा हुन्छ त्यति नै दुखको कारण बन्छ ,सायद त्यसैले होला हाम्रो मन,बुद्धी,मोहको कारणले नै हामीलाई आकृष्ट गर्दछ ।
 
विशिष्टको प्राप्ति र सङ्ग्रहले नै गर्दा एक अर्काले आनन्दको प्राप्ति गर्दछौ ,जस्तै कहिले ,मिठो खानु,स्वादिलो मसलादार ,चिल्लो,र चटकिलो भोजनले इन्द्रियलाई मिथ्या तृप्त दिएर शरीरलाई कष्ट दिन्छौ,भने कहिले अभिमान युक्त तेरो र मेरो भावनाले उठेका मन भित्रको आक्रोश बाट भएको झगडाले मनलाई ब्याकुल नबाई सोकमा डुबाउन पुग्छौ अनि छदाँ खाँदाको विवेक,बुद्धिलाई अन्धकारमा फ्याक्न पुग्छौ ,त्यसैले मित्रहरु हामी भित्रका मोहलाई हामीले त्याग्नु पर्छ ।

मोह त्याग्नु भन्नुको अर्थ मैले प्रेम, स्नेह, मायाँ, आफन्तलाई त्याग्नु वा घृणा गर्नु भन्न खोजेको होइन किन कि हाम्रो विचारमा ,चाहनामा कुनै दोष .लोभ छैन,किन कि मोह रुपी दोष वा विचार आफु भित्रै हुन्छ त्यसलाई हामीले बुझ्नु अर्थात् हाम्रो सम्बन्धलाई बुझ्नु पर्छ,  मैले यस्तो लेख्नु र यहाहरुलाई सन्देशको रुपमा यो चिट्ठी पठाउनु भनेको ..तपाईहरुबाट धेरै कुरा जान्ने इच्छाले हो..यो सानो मनको गुनासो वा सन्देश रुपी प्रेमको नासो ...फेरी आउनेछु आध्यात्मिक चिन्तकहरुको तपाईहरु माझ लिएर गुनासो ...

मैले मोहलाई त्याग्नु पर्छ भन्नुको कारण घर परिवार,सबै चिजलाई त्याग्नु पर्छ भन्न खोजेको पनि हैन,किन कि स्वयम व्यक्तिमा कुनै दोष हुदैन मोह रुपी दोष भनेको आफ्नो मन भएकोले मात्र मन भित्रबाट पलाउने वासना प्रतिको आकर्षणको त्याग गर्नु भन्ने मेरो आशय हो संसारको त्याग गर्नु भन्ने होइन तर "संसारिकताको त्याग गर्नु हो,"मोह त्याग गरेर मनोविकारलाई छोडेर हामीले जाति पनि मनलाई पवित्र पार्न सक्दछौ त्यति गर्न सक्नु भनेको नै शुख प्राप्ति हो । त्यसैले मोह त्यागबाट नै सन्तोष वृद्धि पनि स्वतः प्राप्त हुन्छ जब मनमा सन्तोष जनक प्रश्न उत्तर आउँन थाले पछी आफै शारीरिक रोगहरु ठिक हुन् थाल्दछन हेर्नुस मित्रहरु कतिपय कुराहरु सिधान्तमा ठिक हुन्छन तर ब्यबहारमा ल्याउन कठिन हुन्छ ,भन्न सजिलो हुन्छ तर गर्न अति नै गार्हो हुन्छ अनि ब्यबहारमा सकेसम्म अबलम्बन गर्न सके फाइदा हुन्छ त्यसैले मानिस मनका कारण धेरै दुखि हुन्छन जसरी येनामा मुख हेरेर अनुहारको दाग आदिलाई हटाउछौ त्यसरी नै अन्तरमुखी दृष्टि द्धारा अन्तरवृद्धि निरिक्षण Introspection आफ्नो दोष ,विकार आदिको पहिचान गरि एक एक खोजि खोजि निराकरण गर्ने प्रयेत्न गर्न सके जसरी धुर्गन्धित गन्याहेको शरीरलाई ,फोहर भएका कपडालाई पानी द्धारा सफा र शुद्ध गर्न पुग्छौ त्यसरी नै मनलाई शान्त राखी सत्य बोल्नु ,सत्य विचार मनमा राख्नु र छल ,कपट रहित सत्य काम गरेर आफुलाई शुद्ध पार्न सक्छौ मित्रहरु शरीर सत्य भएको वखत वा स्वस्छ कपडा लगाएको समय हामीलाई कति आनन्दको अनुभति हुने गर्दछ हैन?हो मनलाई पनि हामीले त्यस्तै शुद्ध र निर्मल ,स्वस्छ पारे पछी  असिम सन्तुष्टि मिल्ने भएकोले हाम्रो शरीरबाट रोग गएको अनुभति हामीले गर्दछौ ,जस्तै हामी अहिले पनि जवान छौ ,पुस्ट छौ ,हेर्नुस मित्र हो दिनमा एउटा यस्तो समय आफुले तय गरनुस र सबै कामलाई बिर्सेर त्यो बेला मनलाई शान्त चित्त राख्न स्थिर पार्नुस जसले गर्दा तपाईहरुले गर्न चाहेको काम वा शान्त मय निन्द्रालाई कुनै अशान्त भावनाले वा परिशानिले छुन नसकोश त्यसैले शान्त चित्त मन स्थिर अन्तरमुखी द्धारा बसन  मनलाई खाली बनाउनुस,,कुनै पनि कुरा मन भित्र खेल्यो भने रात्रि निन्द्रा नै लाग्दैन ,जब सबै कुरालाई बिर्सिदै बिर्सिदै गाइन्छ तब निन्द्रा लागेको पनि चालै पाइदैन ।

,जब हामी मन शुन्य गरेर विचार गर्छौ त्यो बेला हामी ईर्ष्या,द्धेष भय ,घृणा ,चिन्ता,विषाद,यश ,लालषा,काम,क्रोध,लोभ,मोह,आदि विकारलाई हटाउन सक्छौ ,हेरनुहोश आध्यात्मिकताले मनलाई अति नै शान्ति दिन्छ ,हामी आफुले आफ्नो कर्तब्य निष्ठाले प्रेरित भएर साहसले पूर्ण रुपमा कोशिश गर्यौ भने सबै किसिमको विकारलाई हामीले हटाउन सक्छौ ,.. । हामीले आफै एक एक दोषको नाश गर्ने उपाय सोचौ र उही परमात्मा,निरन्जन निराकार इस्वरको सहारा लिएर चिन्तन गरौ ,र उनी माथि विश्वाश राखी साहस गर्दै जाऊ,...नित्य आत्मा चिन्तन,आत्माको विश्लेष्ण द्धारा आफ्नो द्धेषलाई चिन्तन ,मनन र प्रयेत्नले निर्वल पारौ ,हेर्नुस मित्र हो विकारले मन र शरीरलाई मात्र निर्वल तुल्याउछ ,जब हामी विकारबाट मुक्त हुन्छौ अनि मात्र शक्ति अबाधीन भएर जाग्न थाल्दछ ,अनि जहाँ आत्मा सुधारको संकल्प हुन्छ त्यहा आत्माको सुधार अबश्य नै हुन्छ भन्ने मलाई लाग्दछ मित्रहरु ।

त्यसैले आफ्नो तुलना अर्का संग गर्नु वा अर्काको कमि कमजोरीलाई औलाउनु भन्दा राम्रो आफ्नै विगत र वर्तमानलाई तुलना गरि विगतको भन्दा असल र सक्षम् हुन् आफैले नित्य प्रयेत्न गरौ यदी हामीमा विकारहरु रही रहे भने विश्व भारको सम्पदा ,अतुल वल,महान पद,अनि असिम बिद्द्या पाएर पनि हामी मानवमा सन्तुष्ट हुदैन र हामीले सुखको अनुभूति गर्न सक्दैनौ । विना शुद्ध,स्वास्थ,शुखी मन नै सुन्दर र स्वास्थको प्रथम रहस्य हो ..हैन त मित्रहरु ?मन नै मनुष्यको सुख अनि दुखको कारण हो ,जसले मनलाई जित्न सक्छ उसले यो संसार रुपी रंगिन दुनियाँलाई जित्न सक्छ,यदी हामीमा मन,वचन,र कर्मको एकता भएन् भने हामी मानव भएरपनि दुर्वल हुन् पुग्छौ अनि हामीले एक अर्कालाई धोका दिए पनि आफ्नो अन्तर आत्मालाई भने दिन सक्दैनौ ,जब मन,वचन,कर्ममा एकता हुन्छ त्यो बेला हाम्रो मन भित्र कुनै तनाब उत्पन्न हुदैन है र ?

यो चिट्ठी रुपी शन्देश पढेर जब मेरो आउछ मलाई विश्वाश छ अबश्य सबै मित्रहरुले यसलाई पढ्नु हुनेछ,र यसलाई प्रेम पत्रको रुपमा नलिई  नेपालमा जन्मन पुगेकी हिन्दु राष्ट्रकि छोरी एक्कै देशका हामी शहर,गाउँ,ठाउँ फरक भए पनि हाम्रो धर्म ,संस्कार भनेको सबै भन्दा माथि हुने हुनाले साथीमाझ हरेक किसिमका मन खोल्न सकिने रहेछ ,हास्न ,बोल्न,सकिन्छ त्यसैले साथी संग मन खोलेर आफ्नो विचार राख्न सजिलो भए झैँ नाता भित्र कठिन हुदो रैछ भन्ने लागेर नै आज यो सन्देश बाट अर्काको साथी भएर आध्यात्मिक चिन्तन,मनन माथि एउटा असल मानव हुने कोशिशमा यहाँहरु माझ मनको साथी ...मात्र साथी ....।

निशा खनाल अर्याल
राजविराज
हाल इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com