विद्यार्थीहरुलाई सौर्यमण्डलको बारेमा अवलोकन I

चितवन,पुष १५,

शिशिर सिंखडा : विद्यार्थीहरुलाई सौर्यमण्डलको जानकारी गराउने उध्येश्यले दुई दिने अबलोकन एवम प्रदर्शनी कार्यक्रम पुर्वि चितवनको खो लेसिमलमा सम्पन्न भएको छ ।

सिद्धिविनायक आवासीय माविको आयो जनामा शुक्रबार र शनिवार भएको कार्यक्रममा विद्यालयका चार देखि दश कक्षासम्मका विद्यार्थीहरु सहभागि रहेका थिए । नेपाली आकासमा देखिने ग्रहहरु टेलिस्कोप र स्याटेलाईटको माध्यम बाट विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा अवलोकन गराइएको थियो । 

विद्यार्थीहरुले टेलिस्को प र स्याटेलाईटको माध्यम बाट चन्द्रमा ,मंगल ग्रह ,बृहस्पति र पृथ्वीको अवस्थाबारे जानकारी लिएको विद्यालयका प्राचार्य विष्णुमणी लामिछानेले जानकारी दिनुभयो । 

सो सौर्यमण्डल सम्बन्धि जानकारी र उपकरण हिमालयन ओरेन्ज प्लानेटेरियम काठमाडौले सहयोग गरे को विद्यालयका सहायक प्राचार्य साजन थापामगरले जानकारी दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com