कृषकलाई, आलु र गहुँको बीउ निःशुल्क वितरण I

धनगढी, ७ पुस ,

कैलालीको कुलरिया कुलोबाट सिञ्चित हुने रानी र जमरा क्षेत्रमा बीज वृद्धि कार्यक्रम विस्तार गर्न स्थानीय कृषकलाई आलु र गहुँको बीउ निःशुल्क वितरण गरिएको छ । 

जिल्लाको पर्ूर्वी क्षेत्रमा सञ्चालित कृषि कार्यक्रमअर्न्तर्गत बीज वृद्धि कार्यक्रमका लागि स्थानीय कृषक समूह र सहकारी संस्थालाई बीउ वितरण गरिएको रानी, जमरा, कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रमका कार्यक्रम संयोजक कुलप्रसाद तिवारीले बताउनुभयो । 

बीज वृद्धि कार्यक्रमका लागि यस वर्ष५० हेक्टर जग्गामा पुग्ने गरी करिब १२० क्विन्टल गहुँको बीउ, १५ हेक्टर जग्गामा पुग्ने गरी २२ टन कार्डिनल जातको आलुको बीउ वितरण गरिएको तिवारीले बताउनुभयो । कार्यक्रमअर्न्तर्गत ब्लक पर््रदर्शनका लागिसमेत गहुँ र तोरी बालीको बीउसमेत कृषकलाई वितरण गरिएको छ । 
 ५० हेक्टर जग्गामा गहुँ र तोरीको ब्लक पर््रदर्शन कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । तीस हेक्टर जग्गामा प्याज खेती विस्तारका लागि करिब पाँच क्विन्टल प्याजको बीउसमेत वितरण गरिएको छ । कृषि कार्यक्रमअर्न्तर्गत नै यस वर्ष३० हेक्टर जग्गामा केराखेती, १५ हेक्टरमा आँपखेती, १३ हेक्टरमा कागती र १२ हेक्टरमा अनारखेती गर्न बिरुवा निःशुल्क रुपमा वितरण गर्ने लक्ष्य लिइएको छ । 

केरा, आँप, अनार, कागती खेती विस्तारका लागि करिब रु दर्ुइ करोड ५० लाख बजेट विनियोजन गरिएको तिवारीले बताउनुभयो । धानको बीज वृद्धि कार्यक्रम भने १०० हेक्टरमा गरिन लागिएको छ । कार्यक्रमअर्न्तर्गत चारवटा बीउ भण्डारण गृह निर्माणाधीन रहेका छन् भने चारवटा फलफूल तथा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने लक्ष्य लिइएको छ । यसका लागि करिब रु दर्ुइ करोड विनियोजन गरिएको छ । यसैगरी यस वर्षयुवा स्वरोजगार कार्यक्रमअर्न्तर्गत १५० जना युवालाई तरकारी, च्याउ, मौरीपालनलगायतका आयमूलक व्यवसाय सञ्चालन गर्न करिब रु ९० लाख अनुदान रकम उपलब्ध गराउन लागिएको छ । 

सिँचाइ आयोजना कृषि कार्यान्वयन इकाई कार्यालय टीकापुरले कृषितर्फा कार्यक्रमको कार्यान्वयन गरिरहेको छ । सञ्चालित कृषिसम्बन्धी कार्यक्रमबाट उक्त क्षेत्रको परम्परागत रानी, जमरा र कुलरिया कुलोबाट सिञ्चित हुँदै आएको १४ हजार हेक्टर जग्गाका करिब एक लाख ६० हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ । राष्ट्रिय गौरवको रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको निर्माण कार्य भने छुट्टै कार्यालयले गरिरहेको छ ।

कर्ण्ााली नदी मुहान भएको यो आयोजना कैलालीको चिसापानीस्थित कर्ण्ााली पुल नजिक इन्टेक निर्माण कार्य पूरा भएको छ । सिँचाइ आयोजनाअर्न्तर्गत पक्की नहर निर्माण गर्ने लक्ष्य रहेको छ । रासस:

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com