एटलान्टामा एन.आर.एनको सदस्यता वृद्धि गर्न भेटघाट कार्यक्रम ।

डिसी पुष १५,

विजय थापा : एन.आर.एन मा सदस्यता वृद्धि गर्ने उदेश्य अनुरुप अमेरिकाको एटलान्टामा समुदायका सदस्यहरुसंग एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो । एनआरएन अमेरिकाको सदस्यता वितरणको म्याद नजिकिदै गर्दा सदस्यता वितरणलाई अभियानकै रुपमा अगाडि बढाइएको जानकारी गराईएको छ ।

अमेरिकामा रहेका नेपाली समुदायको आवाजलाई नेपाल सरकार संग पुर्याउन गैर आवासीय नेपाली संघले बिगत देखि नै ठुलो भुमिका खेलेकोले सबैजना यस संस्था भित्र आबद्ध हुन् भन्ने हेतुले भेटघाट कार्यक्रमको आयोजना गरिएको एन.आर.एन आई.सि.सी सदस्य राजा घलेले बताए ।

केहि महिना पछि एन.आर.एन अमेरिकाको निर्वाचन पनि हुने भएकोले ज्यादा भन्दा ज्यादा सदस्यता बनाउन प्रयास गरिएको हो भनि एन आर एन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीलीले बताए । उनले  ‘हामी विभिन्न माध्यमबाट अमेरिकामा रहनुभएका धेरै भन्दा धेरै नेपालीहरुमाझ पुग्ने प्रयासमा छौं । यसै मध्येको एउटा उपयुक्त विधि नगर सभा बैठक पनि हो भने ।

सहभागीहरुले सवाल गर्दै कसरि एन आर एले समग्र नेपालीहरुको हक हितमा बढी काम गर्ने कुरामा बिशेष छलफल भएको बताईएको छ l सहभागीहरुले सुझाब र सल्लाह दिएका थिए । उक्त सदस्यता वृद्धि कार्यक्रममा समाजसेवी तथा युवायुवतीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम हिमालयन स्पाइस चमेना गृहमा ८ बजे देखि राति ११ बजे सम्म चेलेको थियो भने खसोखास पत्रिकाका सम्पादक किशोर पन्थीले पनि केहि रचनात्मक सुझाब राख्दै कार्यक्रम संचालन गरेका थिए।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com