कविता 'म नारी '



 कविता 'म नारी ' By, हरि पौडेल

सत्य युगमा जब म बृंदा थिएँ
स्वयं विष्णुले मेरो पतिब्रता लुटे
कहाँ गई न्याय माग्ने ?
जब म अहिल्या भएँ
पर्खी बसेथेँ पति गौतमलाई
ईन्द्रको छलको शिकार भएँ
चन्द्रमा साक्षी थियो
तर भयो के र ?
द्वापरमा जब म द्रोपती थिएँ
पाँचवटा पतिको पत्नी बनाई दिए
न मैले जुवा खेलेको थिएँ
तैपनि दाउमा लगाई दिए
सत्यवादी युधिष्ठिर कै अगाडी
पाँच पाँचवटा वीर पुरुष पति हुँदाहुदै
पनिम मात्र अपमानित भएँ
जुवा खेल्ने कोई अरु नै थिए
हार्नु मैले पर्यो
त्रेतामा जब म सीता भएँ
नगए पनि हुन्थ्यो तर पतिसँगै वनवास गएँ
छल गरि रावणले हरण गय्रो
लंका दहन पछि
पतिव्रताको शंका निवारणका लागी
अग्नि परीक्षा गरि अपमानित गरियो
तैपनि फेरि पछि
रामले परित्याग गरे
सत्य र धर्मको रक्षा हुने युगमा पनि
नारीको मर्यादा पुरुषको गरिमाको अगाडि
क्षीण थियो
यो त कलियुग हो
मेरो रक्षा कसले गर्ने ?
भन्छन नारी पूज्यनीय छन्
लक्ष्मीको रूप हुन्
ब्यवहारमा कति सत्यता छ ?
प्रतेक समाजमा
पत्नी, छोरी र बुहारिको रुपमा
सबभन्दा बढी मलाई नै दलाउँदै छन्
म मा
अत्याचार सहने शक्ति बढ़ी भएको हु
नाले नै भनेको होला
नारी पूज्यनीय छन्
लक्ष्मीको रूप हुन्

हरि पौडेल
नेदरल्याण्ड

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com